रुपन्देहीमा १० वर्षीया बालिकाको अपहरण : ३८ घण्टापछि उद्धार, आरोपी युवकलाई गोली हानी पक्राउ

Oct 4, 2026 - 10:55
 0  12
रुपन्देहीमा १० वर्षीया बालिकाको अपहरण : ३८ घण्टापछि उद्धार, आरोपी युवकलाई गोली हानी पक्राउ

१८ असाेज,रुपन्देही । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ।

 बालिकालाई भने करिब ३८ घण्टापछि स्थानीय जंगलबाट सकुशल उद्धार गरिएको छ। प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति जंगलबाट नियन्त्रणमा लिने क्रममा गोली चलाइएको हो।

 प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाउनुपरेको प्रहरीले जनाएको छ। उनको खुट्टामा गोली लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

 प्रहरीका अनुसार थारुले गत बुधबार राति तिलोत्तमाकै १० वर्षीया बालिकालाई घरभित्रै सुतिरहेको अवस्थामा अपहरण गरेका थिए। घरबाहिर हजुरबुवा–हजुरआमा सुतिरहेका बेला बालिका भाइसँग कोठामा सुतिरहेकी थिइन्।

बिहानीपख परिवारका सदस्य बालिकालाई ओढ्ने ओढाइदिन कोठामा पुग्दा ओछ्यानमा नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरीले गाउँ आसपास तथा सम्भावित क्षेत्रमा खोजी थालेको थियो।

लगातारको खोजीका क्रममा शुक्रबार साँझ तिलोत्तमाकै कान्छी बजार क्षेत्रको जंगलबाट बालिकालाई सकुशल उद्धार गरिएको थियो। उद्धारपछि उनको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ।

 बालिकालाई जंगलमा छाडेर आरोपी फरार भएका थिए। प्रहरीले घटनास्थलबाट भेटिएको मोबाइललगायतका आधारमा अपहरणमा संलग्न व्यक्तिको पहिचान गरी खोजी तीव्र पारेको थियो। अन्ततः जंगलमै लुकेर बसेको अवस्थामा थारुलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 1
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0