मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकारदेखि दुई अध्यादेश सिफारिससम्म

Nov 3, 2026 - 17:38
 0  21
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकारदेखि दुई अध्यादेश सिफारिससम्म

१७ कातिक,काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने ३०५ मिलियन अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका निर्णयअनुसार एडीबीबाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गरिनेछ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरिएको छ।

बैठकले न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णयसमेत गरेको छ। यससँगै मल नियन्त्रण आदेश स्वीकृत गरिएको छ।

 बैठकले न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णयसमेत गरेको छ। यससँगै मल नियन्त्रण आदेश स्वीकृत गरिएको छ।

त्यस्तै, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ। मोही लागेको जग्गाको जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा त्यसको टुंगो लगाउने समयसीमा पनि थप गर्ने निर्णय भएको छ।

 यसअनुसार निवेदन दिने म्याद २०८५ कात्तिक र बाँडफाँटको टुंगो लगाउने म्याद २०८६ असारसम्म थप गरिनेछ। यसैगरी, मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपाल ऐन, २०४७ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

 मन्त्रिपरिषद्का यी ६ निर्णय मंगलबार सरकारका प्रवक्ता पोखरेलले सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0