भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, विभिन्न जिल्लामा ५५३ शव फेला

Aug 28, 2026 - 18:48
 0  1
भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, विभिन्न जिल्लामा ५५३ शव फेला

१२ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ वटा रहेका छन्।

 बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा सुरक्षा व्यवस्थापनका लागि १ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा बाढीबाट प्रभावित ५७२ जना र नुवाकोटमा ८९८ जना घाइते तथा उद्धार गरिएका छन्।

धादिङमा भने तीन जना घाइते तथा उद्धार गरिएको विवरण छ। यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९७ जना रहेको प्रहरीले जनाएको छ।

बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी, प्रभावितको उद्धार तथा राहत वितरणलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0