भारतको सोलापुर विमानस्थलमा उड्ने क्रममा प्रशिक्षण विमान धावनमार्गबाट चिप्लियो, महिला पाइलट सुरक्षित
२६ कातिक,काठमाण्डाैं । भारतको महाराष्ट्रस्थित सोलापुर विमानस्थलमा बिहीबार उडान भर्ने क्रममा एक प्रशिक्षण विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ।
घटनामा रहेकी महिला प्रशिक्षार्थी पाइलट सकुशल रहेकी छन्। भारतीय सञ्चारमाध्यम इन्डिया टुडे का अनुसार बिहीबार दिउँसो विमान उडान भर्ने तयारीमा रहेका बेला धावनमार्गबाट बाहिरिएको थियो।
विमान उड्नुअघि नै नियन्त्रण गुमाएर धावनमार्गबाट चिप्लिएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनापछि विमान अगाडिको भाग निहुरिएको अवस्थामा देखिएको थियो। विमानमा रहेकी महिला पाइलटलाई कुनै चोटपटक नलागेको र मानवीय क्षति नभएको जनाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, एम्बुलेन्स तथा प्रहरी टोली विमानस्थल पुगेका थिए। उद्धार टोलीले आवश्यक सुरक्षा तथा उद्धारसम्बन्धी काम अघि बढाएको थियो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरण ले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै विमान एक फ्लाइङ क्लबमार्फत सञ्चालन भइरहेको र घटना दिउँसो करिब २:३० बजे भएको जनाएको छ।
विमान धावनमार्गबाट चिप्लिनुको कारण र विमानमा भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।फाटाे दैनिक जागरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0