भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Sep 22, 2026 - 16:47
 0  5
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ असाेज,भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

 असोज ६ गते दिउँसो करिब ३ बजे के.एम.सी. अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीलाई उपचारका लागि के.एम.सी. अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा दिउँसो ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा रोकिराखेको बा.२१ च ५६७४ नम्बरको कारमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्दै आएका २० वर्षीय दिपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0