बालुवाटारको रेस्टुरेन्टमा जुवा खेलिरहेका ९ जना पक्राउ, ६ लाख ८५ हजार रुपैयाँ बरामद
ईर्साद अन्सारी
२२ कातिक,काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित ९ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा आइतबार बिहान करिब २ बजे प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले रेस्टुरेन्टमा चेकजाँच गरेको थियो। प्रहरीले घटनास्थलबाट ९ बुक तास, नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र १० थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी छन्। त्यस्तै, बुढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0