बारा:२ का रास्वपा सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा
१७ असाेज,बारा । बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जबाट भएको परमादेशपछि गत असोज ६ गते सांसद सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
बारा देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
मुद्दामा सांसद सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको हो। हालसम्म सांसद सिंहविरुद्ध पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ।
जाहेरीकर्ता महतो देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत रहेको र समाजमा भएका गलत गतिविधिको विरोध गरेका कारण आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको आरोप लगाएका छन्।
महतोले जाहेरीमा आफू तथा आफ्नो परिवारलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिएको, सार्वजनिक तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाएको र आफ्नो सामाजिक प्रतिष्ठामा असर पर्ने गरी प्रचार–प्रसार गरिएको दाबी गरेका छन्।
यस्तै, गाउँमा विकाससम्बन्धी काम अघि बढाउन पहल गरेपछि आफूविरुद्ध सामाजिक बहिष्कारको निर्णय गरिएको दाबीसमेत महतोले जाहेरीमा गरेका छन्। उनले घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेको निर्णयको प्रतिलिपिसमेत प्रहरीमा बुझाएको उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0