बाजुरामा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

Nov 27, 2026 - 22:25
 0  13
बाजुरामा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

११ मंसिर,बाजुरा  । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सुक्रबार साझ ६ः३० बजे सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टर चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा, बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् ।

घाइते पाँचै जनालाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल, बाजुरा पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0