बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाखको क्षति

Oct 22, 2026 - 10:28
 0  5
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाखको क्षति

५ कार्तिक,काठमाण्डाैं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

 उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो। बिहीबार बिहान करिब १ः३० बजे ट्यांकीमा अचानक आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

 आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा बिहान करिब २ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0