प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो खेल

Oct 26, 2026 - 17:18
 0  7
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो खेल

९ कातिक,काठमाण्डाैं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणकाे आज  उद्घाटन गरेका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि रङ्गशालामा उपस्थित भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एनपीएल नेपालको प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्ये एक हो । प्रतियोगिताले नेपाली क्रिकेटको विकाससँगै खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0