पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

Nov 13, 2026 - 17:39
 0  14
पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

२७ कातिक,काठमाण्डाैं  । कास्कीको पोखरा महानगरपालिका–५ जिरो नजिक रोकिराखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।।

  सुक्रबार  दिउँसो २ः५० बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा स्कुटरमा सवार अन्दाजी २५ र २२ वर्षका दुई पुरुष गम्भीर घाइते भएका थिए।

 दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको नामथर र ठेगाना खुल्न बाँकी रहेको छ।

 दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बोलेरो जिपका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0