पाँचथरमा हत्या गरेर आत्महत्या देखाउन खोजेको आरोपमा दुई जना पक्राउ
२५ भदाै,पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आहाले सिरानमा एक व्यक्तिको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत भदौ २० गते स्थानीय ४८ वर्षीय इन्द्र कुमार दमाई भईन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा कपडाको सलको पासो रहेको तथा शरीर र निधारमा धारिलो वस्तुले प्रहार गरेजस्तो चोट देखिएपछि घटना शंकास्पद भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले दमाईको हत्या उनकै घरमा बन्चरो प्रहार गरी गरिएको र त्यसपछि शवलाई घरनजिकैको आल्चाको रुखमा झुण्ड्याएर आत्महत्या गरेको जस्तो देखाउन खोजिएको जनाएको छ ।
अनुसन्धानबाट हत्या गरेपछि शवलाई उक्त स्थानबाट करिब ५०० मिटर तल भिरपाखामा फ्याँकिएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले परिवर्तित नाम ०२–०८३/०८४–०४ र कानूनको विवादमा परेका बालक परिवर्तित नाम ०२–०८३/०८४–४(अ) गरी दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले घटनामा प्रयोग भएको बन्चरो तथा दाउसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत फिदिम, पाँचथरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0