नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

Oct 12, 2026 - 17:43
 0  8
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

२६ असाेज,काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । सोमबार असोज २६ गते असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

नैकापस्थित आफ्नै निवासमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले पौडेलको निधन भएको जानकारी दिएका छन् । उनलाई हृदयघात भएको आशंका गरिए पनि मृत्युको कारण पुष्टि भइसकेको छैन ।

डा. पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0