नवलपरासीमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Sep 15, 2026 - 13:39
 0  5
नवलपरासीमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

३० भदौ,नवलपरासी । बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार स्थानीय करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी करिब ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए।

 गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीको अपराध अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शेरबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0