धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ईर्साद अन्सारी
८ मंसिर,बारा । धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार (मंसिर ८) बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ आउदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट घाइते भएका थिए।
उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0