दाङका विभिन्न सामुदायिक वनमा लुकाइएका ४ नाल भरुवा बन्दुक बरामद

Oct 13, 2026 - 15:18
 0  7
दाङका विभिन्न सामुदायिक वनमा लुकाइएका ४ नाल भरुवा बन्दुक बरामद

२७ असाेज,काठमाण्डाैं। दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दाङ मातहतका प्रहरी टोलीले असोज २७ गते बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा ती बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार लमही नगरपालिका–१, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइछिपाइ राखिएका दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ।

त्यस्तै, लमही नगरपालिका–९, शिवखोलास्थित गायत्री सामुदायिक वनबाट एक नाल र बंगलाचुली गाउँपालिका–२ स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको एक नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0