दाङका विभिन्न जंगलमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

Nov 3, 2026 - 13:19
 0  17
दाङका विभिन्न जंगलमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

१७ कातिक,काठमाण्डाैं  । दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाएर राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म जिल्लाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरिएको थियो । सोही क्रममा प्रहरी टोलीले जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रहरीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट ५ नाल, बंगलाचुली गाउँपालिका–२ सुनछहरी सामुदायिक वनबाट १ नाल र वडा नम्बर ८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट १ नाल बन्दुक बरामद गरेको छ ।

 त्यस्तै, बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल, गढवा गाउँपालिका–१ रौसिङ खोलाको बगर नजिकैको झाडीबाट ५ नाल तथा लमही नगरपालिका–३ नारायणस्वर सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

 गढवाबाट बरामद गरिएका ५ नालमध्ये ४ नाल सावुत र १ नाल बेसावुत अवस्थामा रहेका थिए । बरामद गरिएका सबै बन्दुक अवैध रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0