तास खेल्दै गरेकाे अवस्थामा पक्राउ परेका काेईराला हिरासत भित्रै अचेत, उपचारकाे क्रममा मृत्यु

Sep 29, 2026 - 12:53
 0  9
तास खेल्दै गरेकाे अवस्थामा पक्राउ परेका काेईराला हिरासत भित्रै अचेत, उपचारकाे क्रममा मृत्यु

१३ असोज,बिराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको प्रहरी हिरासतमै अचेत भएपछि उपचारका क्रममा मृत्यु भएको छ।

 मंगलबार बिहान करिब ७ः३० बजे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा अचेत अवस्थामा भेटिएका कोइरालालाई तत्काल कोशी अस्पताल लगिएको थियो।

 त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याइएकोमा बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालासहित ८ जनालाई सोमबार राति विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियो।

प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरू भागेका थिए। त्यसक्रममा प्रहरीले राति करिब ११ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो।

मंगलबार बिहान हिरासतमा रहेका साथीहरूले चिया खान उठाउने क्रममा कोइराला नबोलेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोइरालाको यसअघि दुर्घटनामा परी टाउकाको शल्यक्रिया गरिएको थियो।

उनी यसअघि पनि तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ। यद्यपि, हिरासतमै अचेत भएर मृत्यु भएको घटनाको यकिन कारण भने खुलिसकेको छैन।

सोही घटनामा प्रहरीबाट उम्किने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलाबाट हामफाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ। एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ।

 प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको साथबाट ताससहित ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि तथा कोइरालाको मृत्युबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0