ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा २४ वर्षीय युवकको मृत्यु

Aug 30, 2026 - 17:22
 0  0
ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा २४ वर्षीय युवकको मृत्यु

१४ भदौ,बारा । बाराको निजगढ नगरपालिका–९ स्थित बकैया पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

 मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ का २४ वर्षीय अभिषेक चौधरी रहेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब ९ः१० बजे ना.५ ख ७८०५ नम्बरको ट्रकको पछाडिपट्टि ना.४८ प ५१११ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चौधरीलाई उपचारका लागि वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0