झापाको बेलडाँगी शिविरमा कुटपिटबाट तीनमहिने शिशुको मृत्यु

Oct 10, 2026 - 09:20
 0  0
झापाको बेलडाँगी शिविरमा कुटपिटबाट तीनमहिने शिशुको मृत्यु

२४ असाेज,झापा । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीनमहिने शिशुको मृत्यु भएको छ ।

 असोज २३ गते दिउँसो करिब १ः२० बजे बेलडाँगी शिविरको सेक्टर डी–२ मा एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद हुँदा घटना भएको हो ।

 प्रहरीका अनुसार ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच विवाद भएर झैँझगडा भएको थियो ।

 सोही क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीनमहिने छोरा सामेल तामाङलाई भित्री चोट लागेको थियो ।

घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा दिउँसो २ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0