गुल्मीमा देवरको कुटपिटबाट घाइते भाउजुको मृत्यु, देवर पक्राउ

Oct 14, 2026 - 17:40
 0  10
गुल्मीमा देवरको कुटपिटबाट घाइते भाउजुको मृत्यु, देवर पक्राउ

२८ असाेज,गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

 घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका देवरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोही ठाउँका ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए।

 कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराई, गुल्मीबाट खटिएको टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

 घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

 बुधबार  बिहान करिब ११ बजे घाइते लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा बाटोमा शंका लागेपछि दिउँसो करिब १२ः३० बजे गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराएका थिए।

 जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0