गाेरखाबाट चन्दा असुली गर्दै गरेको अवस्थामा दुई जना पक्राउ

Sep 21, 2026 - 16:54
 0  10
गाेरखाबाट चन्दा असुली गर्दै गरेको अवस्थामा दुई जना पक्राउ

५ असाेज,गाेरखा ।  गोरखाको शहिदलखन गाउँपालिका–१ बक्राङबाट चन्दा असुली गरिरहेको अवस्थामा प्रहरीले साेमबार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३८ वर्षीय राजकुमार माझी रहेका छन्। सोमबार करिब १ बजे उनीहरूले शहिदलखन गाउँपालिका–१ खहरेटोलस्थित रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ता भएको बताउँदै डर, धाकधम्की दिई ज्यान लिनेसम्मको भाषा प्रयोग गरी पार्टीको लेटरप्याडमार्फत चन्दा मागेको सूचना प्रहरीले पाएको थियो।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

 प्रहरीले उनीहरूको साथबाट नगद २० हजार रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्ट्याम्प छाप १ थान, रसिद प्याड २ थान तथा पर्चा/पम्प्लेट ५० थान बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0