खुम्बुमा हेलिकप्टर दुर्घटना अपडेट: एक भारतीय पर्यटकको मृत्यु, घाइतेलाई मेडिसिटी अस्पताल लगियो

Nov 3, 2026 - 10:16
 0  11
खुम्बुमा हेलिकप्टर दुर्घटना अपडेट: एक भारतीय पर्यटकको मृत्यु, घाइतेलाई मेडिसिटी अस्पताल लगियो

१७ कातिक,बारा  । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए।

 मृतकको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको छ।

 प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन्। दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए।

यद्यपि, दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0