काठमाडौंमा १२ लाख २९ हजार रुपैयाँसहित २१ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ
१८ कात्तिक,काठमाण्डाैं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ लाख २९ हजार ६ सय रुपैयाँ नगदसहित २१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार राति करिब ११ः१५ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईतले टिनको टहरामा छापा मार्दा उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनास्थलबाट कौडा ३३ थान, तास १७ बुक, नगद १२ लाख २९ हजार ६ सय रुपैयाँ र २३ थान मोबाइल बरामद गरेको जनाएको छ । प्रहरीले जुवामा प्रयोग भएको सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा १६ पुरुष र ५ महिला रहेका छन् । उनीहरू काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, भक्तपुर, चितवन, झापा र सुनसरीलगायत जिल्लाका बासिन्दा हुन् ।
प्रहरीका अनुसार जुवा खेलाएको भनिएको कोठा भाडामा लिएर बस्दै आएकी नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ४१ वर्षीया प्रतिभा तिमल्सिनासहित २१ जनालाई नियन्त्रणमा लिइएको हो
। उनीहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0