ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित ४३ वर्षीय मगर पक्राउ
३ कार्तिक,काठमाण्डाैं । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी निवासी ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन्। अस्थायी प्रहरी पोष्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले मगरको घरमा खोजतलास गर्दा खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले बन्दुकसँगै त्यसमा प्रयोग हुने फलामका टुक्राहरू तथा बारुदजस्तो देखिने दुईवटा डब्बासमेत बरामद गरेको जनाएको छ। बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0