अमेरिकाको परम्परा तोड्दै विमानस्थलमै ट्रम्पले गरे सी चिनफिङको स्वागत

Sep 24, 2026 - 07:14
 0  5
अमेरिकाको परम्परा तोड्दै विमानस्थलमै ट्रम्पले गरे सी चिनफिङको स्वागत

८ असाेज,काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शिष्टाचारको परम्परा तोड्दै जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमै पुगेर सीको स्वागत गरेका छन्।

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी राष्ट्रप्रमुखलाई सामान्यतः ह्वाइट हाउसमै भेट्ने अमेरिकी परम्परा रहे पनि ट्रम्प सीलाई स्वागत गर्न विमानस्थलमै पुगेका हुन्।

सीको स्वागतका क्रममा ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन्। सीसँग उनकी पत्नी पेङ लियुआन पनि अमेरिका पुगेकी छन्। सीको स्वागतमा अमेरिकी सैन्य विमानले सहभागिता जनाएका थिए। बी–१ बम्बर विमानले फ्लाइपास्ट गरेको थियो भने सैन्य ब्यान्ड र गार्ड अफ अनरले स्वागत गरेका थिए। यसले स्वागत समारोहलाई थप भव्य बनाएको थियो।

 ट्रम्प र सीबीच बिहीबार द्विपक्षीय बैठक हुने कार्यक्रम छ। बैठकमा अमेरिका–चीन व्यापार, भन्सार महसुल तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0