अमेरिकाकाे सिल्भर रेल प्राथमिक विद्यालयमा गोलीबारी: तीन बालबालिका र एक शिक्षकले गुमाए ज्यान

Oct 16, 2026 - 08:10
 0  5
अमेरिकाकाे सिल्भर रेल प्राथमिक विद्यालयमा गोलीबारी: तीन बालबालिका र एक शिक्षकले गुमाए ज्यान

३० असोज,काठमाण्डाै  । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित चार जनाको मृत्यु भएको छ।

घटनामा अन्य एक बालक र एक शिक्षक गम्भीर घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका  अनुसार बिहीबार, अक्टोबर १५ मा स्थानीय समय दिउँसो करिब १ बजे विद्यालयमा गोलीकाण्ड भएको हो। मृत्यु हुने बालबालिका ५, ८ र ११ वर्षका रहेको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार १६ वर्षीय किशोरले सुरुमा विद्यालयबाहिर एउटा गाडीमा गोली चलाएका थिए। त्यसपछि बन्द ढोकामा गोली हानेर विद्यालयभित्र प्रवेश गरेका उनले गोली चलाएका थिए। घटनामा ७ वर्षीय एक बालक र ५४ वर्षीय एक शिक्षक गम्भीर घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी घटनास्थल पुग्नुअघि एक स्थानीय व्यक्तिले आक्रमणकारीलाई पछ्याउँदै विद्यालयभित्र पुगेर गोली हानेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी मृत अवस्थामा फेला परेका थिए।

 प्रहरीका अनुसार पहिलो आपत्कालीन सूचना दिउँसो १२ बजेर ५९ मिनेटमा प्राप्त भएको थियो भने प्रहरी करिब १ बजेर २ मिनेटमा घटनास्थल पुगेको थियो। घटनापछि विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारेर अभिभावकसँग पुनर्मिलन गराउने व्यवस्था गरिएको थियो।

 बेन्ड–लापाइन विद्यालय जिल्लाले घटनापछि शुक्रबारका लागि विद्यालयका कक्षा बन्द गर्ने घोषणा गरेको छ। ओरेगनकी गभर्नर टिना कोटेकले घटनाप्रति दुःख व्यक्त गर्दै थप जनधनको क्षति रोक्न हस्तक्षेप गर्ने स्थानीय व्यक्तिको प्रशंसा गरेकी छन्।

घटनाको अनुसन्धानमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि स्थानीय प्रहरीलाई सहयोग गरिरहेको छ। आक्रमणकारीको विद्यालयसँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0