सुनसरीमा संयुक्त प्रहरी टोलीद्वारा ५६४ किलो गाँजा बरामद
१५ असाेज,सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट संयुक्त प्रहरी टोलीले ५६४ किलो गाँजा बरामद गरेको छ।
असोज १४ गते राति ११ः४० बजे इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवा सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो गाडीलाई चेकजाँच गरेको थियो।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालकले गाडी छाडेर फरार भएका थिए। त्यसपछि गाडी खानतलासी गर्दा गाँजाजस्तो देखिने ५६४ किलो लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित सुमो गाडी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0