संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह न्युयोर्क प्रस्थान
६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको असर र प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।
विशेषगरी भोटेकोशी बाढीबाट भएको क्षति तथा जलवायु परिवर्तनको असरबारे नेपालका धारणा प्रस्तुत गर्ने बताइएको छ । प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेको छ । खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0