रौतहटमा लालबकैया नदीमा डुब्दै गरेकी महिलाको इन्स्पेक्टर केसीले गरे जोखिम मोलेर उद्धार

Sep 29, 2026 - 10:54
 0  7
रौतहटमा लालबकैया नदीमा डुब्दै गरेकी महिलाको इन्स्पेक्टर केसीले गरे जोखिम मोलेर उद्धार

 १३ असोज,राैतहट । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा हामफालेर डुबिरहेकी एक महिलाको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसीले जोखिम मोलेर सकुशल उद्धार गरेका छन्।

 मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान लालबकैया नदीमा हामफालेर डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका इन्स्पेक्टर केसी तत्काल घटनास्थल पुगेका थिए। नदीमा महिला डुबिरहेको देखेपछि उनले कुनै सुरक्षा उपकरण वा लाइफ ज्याकेटबिनै नदीमा प्रवेश गरेका थिए।

इन्स्पेक्टर केसीले जोखिम मोलेर नदीमा डुबिरहेकी पासवानलाई सकुशल बाहिर निकालेका हुन्। प्रत्यक्षदर्शीका अनुसार केसीले तत्काल नदीमा प्रवेश गरी महिलाको उद्धार गरेका थिए।

उद्धारपछि महिलाको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0