मनाङको हिम्लुङ क्षेत्रमा हिमपहिरो: १५ जना नेपालीको मृत्यु, ११ जनाको सकुशल उद्धार र १ बेपत्ता

Oct 2, 2026 - 15:43
 0  3
मनाङको हिम्लुङ क्षेत्रमा हिमपहिरो: १५ जना नेपालीको मृत्यु, ११ जनाको सकुशल उद्धार र १ बेपत्ता

१६ असाेज,मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा गएको हिमपहिरोमा परी १५ जना नेपालीको मृत्यु भएको छ । एक जना अझै बेपत्ता छन् भने ११ जना सकुशल रहेका छन् ।

गत असोज २ गते काठमाडौंँबाट हिमाल होलिडे कम्पनीका २१ जना नेपाली पुरुष तथा इमेजिङ नेपाल कम्पनीका ६ जना नेपाली पुरुष गरी २७ जनाको टोली मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएको थियो ।

उनीहरू असोज ११ गते राति १२ः४५ बजे आएको हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल रहेको तथा १६ जना सम्पर्कविहीन भएका थिए । खोज तथा उद्धारका क्रममा हालसम्म १६ जना सम्पर्कविहीनमध्ये १५ जनाको शव फेला परेको छ ।

 नागरिकताको आधारमा ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पा भने अझै फेला पर्न सकेका छैनन् । उनको खोजी कार्य जारी रहेको छ । फेला परेका शवमध्ये संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेवि भोटे, भोटखोला–२ का ३१ वर्षीय पासाङ भोटे, गोरखाको धार्चे गाउँपालिका–२ का ३० वर्षीय विरेन्द्र गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–९ का ४५ वर्षीय घनश्याम राई र ऐसेलुखर्क–७ का ४० वर्षीय लक कुमार गुरुङ रहेका छन् ।

 त्यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ का ५७ वर्षीय कलम बुढा, खोटाङ ऐसेलुखर्क–३ का २१ वर्षीय सुरज राई, काभ्रेपलाञ्चोकका ३५ वर्षीय बिर्ख ध्वज तामाङ र ३४ वर्षीय जगत तामाङ तथा वतन र उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको शव फेला परेको छ ।

यसैगरी सिन्धुपाल्चोकका ५७ वर्षीय उर्ख ध्वज बोहोरा, ओखलढुंगाका ६३ वर्षीय प्रेम तामाङ, गोरखाका ५८ वर्षीय आश गुरुङ र दोलखाका ४७ वर्षीय कृति बहादुर तामाङको शव पनि फेला परेको छ । बेपत्ता पासाङ नुरी शेर्पाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0