३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा

Nov 22, 2026 - 16:26
 0  5
३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा

६ मंसिर,काठमाण्डाैं  । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।

 प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थल परिसरमा विशेष व्यवस्था गरिएको थियो । उनको स्वागतमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा दुई देशबीच आपसी हित, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0