सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

Oct 10, 2026 - 09:16
 0  0
सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

२४ असाेज,सुर्खेत । सुर्खेतका तीन स्थानमा जंगलभित्र लुकाइछिपाई राखिएका १८ नाल भरुवा बन्दुक फेला परेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलबाट ती बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका–१ धामिसेनस्थित जंगलबाट १२ नाल र बराहताल गाउँपालिका–१ ज्यामिरेस्थित जंगलबाट १ नाल भरुवा बन्दुक फेला पारिएको छ।

तीनवटै स्थानबाट बरामद गरिएका बन्दुक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0