सुरक्षा जोखिमपछि एनआईसी एशिया बैंकका वेबसाइट र अनलाइन सेवा बन्द

Oct 22, 2026 - 20:23
 0  13
सुरक्षा जोखिमपछि एनआईसी एशिया बैंकका वेबसाइट र अनलाइन सेवा बन्द

 ईर्साद अन्सारी

५ कार्तिक,काठमाडौं । एनआईसी एशिया बैंकले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो आधिकारिक वेबसाइट तथा अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

 बैंकका अनुसार वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा सुरक्षा कमजोरी देखिएकाले त्यसबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सेवा अस्थायी रूपमा बन्द गरिएको हो ।

 बैंकले हाल प्रणालीमा देखिएको सुरक्षा जोखिमको मूल्यांकन गरिरहेको जनाएको छ । सम्भावित समस्या पहिचान गरी समाधान गर्ने तथा प्रणालीलाई थप सुरक्षित बनाउने काम भइरहेको बैंकको भनाइ छ ।

प्रणालीको सुरक्षा सुनिश्चित गरेपछि बन्द गरिएका सेवा पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । यद्यपि, अनलाइन सेवा पुनः सञ्चालन हुने निश्चित मिति भने सार्वजनिक गरिएको छैन । सेवा बन्द हुँदा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सकेसम्म छिटो सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0