सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ, ३०० ग्राम खैरो हेरोइन बरामद
१२ कातिक,सिरहा । सिरहामा लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
आज बिहान लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0