सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Nov 5, 2026 - 12:26
 0  10
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१९ कातिक,सिरहा । सिरहाको भलुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना पुरुषको मृत्यु भएको छ।

 जिल्ला सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा बिहीबार बिहान करिब १० बजे दुर्घटना भएको हो।

चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले बिहान १०:२५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्रक चालक फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको जनाएको छ। दुवै सवारीसाधनलाई कार्यालयमा ल्याउने प्रक्रिया भइरहेको छ भने मृतकको पहिचान खुलाउन र आफन्तको खोजी गर्नेसमेत कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0