शंकरदेव क्याम्पसका पूर्वनेविसंघ सभापति राजीव चौधरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
२० असाेज,काठमाडौँ, । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण तथा समावेशी सहभागिता सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
नेपाल थारू संघ काठमाडौँका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा सक्रिय रहँदै आएका छन्। उनले शंकरदेव क्याम्पसमा नेविसंघको इकाइ सभापतिको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसकेका छन्।
पार्टीलाई आधुनिक, गतिशील र समयअनुकूल बनाउन नयाँ पुस्ताको सहभागिता अनिवार्य रहेको बताउँदै चौधरीले युवाको प्रतिनिधित्वसँगै थारू समुदायको राजनीतिक सहभागितालाई पनि प्राथमिकतामा राखेका छन्।
राजनीतिसँगै उद्यमशीलतामा समेत सक्रिय चौधरीले लिंकन कलेजबाट व्यावसायिक प्रशासनमा स्नातकोत्तर (एमबीएस) गरेका छन्। उनी रमदुलारी कन्स्ट्रक्सनका निर्देशकसमेत हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0