विराटनगरमा ४८ ग्राम ब्राउन सुगरसहित होटल सञ्चालक पक्राउ

Nov 5, 2026 - 10:35
 0  16
विराटनगरमा ४८ ग्राम ब्राउन सुगरसहित होटल सञ्चालक पक्राउ

१९ कातिक,विराटनगर । मोरङको विराटनगरबाट ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित एक होटल सञ्चालक पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१२ रोडशेषस्थित वीरेन्द्र होटल एण्ड लजमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

 कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले होटलको काउन्टर नजिकै कालो प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजु बरामद गरेको हो।

 प्रहरीले घटनामा संलग्न रहेको आरोपमा होटल सञ्चालक विराटनगर महानगरपालिका–११ निवासी ३५ वर्षीय निकु सिंहलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0