रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
१३ कातिक,राैतहट । रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ,भने मोटरसाइकलमा सवार उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान ३५ वर्षीय सुभाष चौधरी रहेका छन्। दुर्घटनामा उनकी श्रीमती प्रहरी जवान ३० वर्षीया निशा खड्का गम्भीर घाइते भएकी हुन्।
फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी चौधरी र उनकी श्रीमती खड्का घाइते भएका थिए। दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको राैतहट प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0