बारामा मोटरसाइकल दुर्घटनाको विवादले लिग्यो उग्र रूप: चक्कु प्रहारबाट १९ वर्षीय युवक घाइते, दुई जना नियन्त्रणमा

Nov 12, 2026 - 14:16
 0  16
बारामा मोटरसाइकल दुर्घटनाको विवादले लिग्यो उग्र रूप: चक्कु प्रहारबाट १९ वर्षीय युवक घाइते, दुई जना नियन्त्रणमा

२६ कातिक,बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिर नजिकै मोटरसाइकलले बालिकालाई ठक्कर दिएपछि उत्पन्न विवादका क्रममा एक युवकलाई चक्कु प्रहार गरी घाइते बनाइएको छ ।

 बिहीबार बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको ना.प्र. ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय २ वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो । करिब १५ वर्षीय बालकले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो ।

 बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्कोयाईएमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको थियो । सोही घटनालाई लिएर विवाद हुँदा स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर स्थानीय पहलाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

 चक्कु प्रहारबाट सुरजको ढाडको पछाडिपट्टि चोट लागेको छ । उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बरियारपुर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा समेत टोली परिचालन गरिएको थियो

। चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0