बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
ईर्साद अन्सारी
१८ कातिक,बारा । बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बुधबार बिहान ९:१० बजे केदारस्युँ गाउँपालिका–७ भानचौरस्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी घाइते भएका छन् ।
यस्तै, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही स्थानका ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । जिपमा सवार यात्रुहरूको विवरण संकलन गर्ने तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0