फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटका उमर फारूक पक्राउ
३ कार्तिक,राैतहट । सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ निवासी उमर फारूक पक्राउ परेका छन्।
मंगलबार इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले फारूकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका फारूकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको जनाइएको छ।
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0