पर्सामा मिनी ट्रकको ठक्करबाट भारतीय साइकलयात्रीको मृत्यु, चालक घाइते
२४ असाेज,बारा । पर्साको वीरगञ्ज महानगरपालिका–१०, बजरंग टोलस्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट एक भारतीय साइकलयात्रीको मृत्यु भएको छ।
आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका भारतको बिहार राज्य, मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोल निवासी अन्दाजी ४५ वर्षीय खेखन पण्डितलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि नारायणी अस्पताल, पर्सा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले मिनी ट्रकका चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–४, चैनपुर निवासी अन्दाजी ३६ वर्षीय टुना देवानलाई नियन्त्रणमा लिएको छ।
घटनास्थलमा स्थानीयले कुटपिट गर्दा चालक देवानको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0