पर्सामा पटका पट्काउँदा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
२३ कातिक,बारा । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।
आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८:४५ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0