नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, मंसिर २५ गतेसम्म सञ्चालन हुने

Oct 23, 2026 - 13:18
 0  5
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, मंसिर २५ गतेसम्म सञ्चालन हुने

 ईर्साद अन्सारी

६ कातिक,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले अभियानमार्फत संगठन विस्तार, सुदृढीकरण र सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने जनाएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

 अभियानका क्रममा विभिन्न भेला आयोजना गरिनेछ। साथै आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई पनि अभियानसँग जोडेर अघि बढाइने पार्टीले जनाएको छ।

पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन वडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको छ।

असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले राष्ट्रिय जागरण अभियानसम्बन्धी कार्यविधि पारित गरेको थियो। यसैबीच, पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता बढाएर ५० प्रतिशतसम्म पुर्‍याउने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।

 प्रवासमा रहेका नेपालीका मुद्दालाई पनि प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै, ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग नेकपाले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0