नवलपरासी पश्चिममा १४ लाख ८४ हजारको अवैध मदिरा बरामद
२९ असाेज,बारा । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छली ल्याइएको मदिरा बरामद गरेको छ।
आज बिहान करिब ३ः४५ बजे भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचना पाएपछि प्रहरीले उक्त मदिरा बरामद गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले महलबारीस्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा मदिरा फेला पारेको प्रहरीले जनाएको छ।
बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल ‘ओल्ड मंक’ (OLD Monk) रम रहेका छन्। प्रति बोतल अनुमानित दुई हजार रुपैयाँका दरले बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको छ।
बरामद मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0