धनुषामा १० दिनदेखि बेपत्ता सात वर्षीय बालक मृत फेला, हत्या भएको आशंका

Oct 31, 2026 - 18:11
 0  1
धनुषामा १० दिनदेखि बेपत्ता सात वर्षीय बालक मृत फेला, हत्या भएको आशंका

 १४ कात्तिक,जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट १० दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन् ।

 स्थानीय अजय झाका छोरा साकेतको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार केही समयअघि धानखेतमा बालकको शव फेला परेको हो ।

गत कात्तिक ४ गते दशैंको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि परिवारजन र प्रहरीले खोजी कार्यलाई तीव्रता दिएका थिए ।

 नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका विभिन्न स्थानमा खोजी गर्दा पनि उनी फेला परेका थिएनन् । शव फेला परेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी खनालले जानकारी दिएका छन् । प्रारम्भिक अवस्थामा बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनाको वास्तविक कारण र बालकको मृत्यु कसरी भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0