लगातारको वर्षासँगै पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
१४ कातिक,काठमाण्डाैं । लगातारको वर्षासँगै पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार लगातार वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सहज देखिएको छैन ।
उनले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । साथै, सडकको अवस्था सामान्य नभएसम्म जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0