दिनभर राजनीतिक भेटघाटमा व्यस्त रवि लामिछाने, साँझ पत्नी निकितासँग मनाए खरना व्रत
२८ कातिक,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार दिनभर राजनीतिक तथा धार्मिक गतिविधिमा व्यस्त रहेका छन्।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयले स्वागत गरेका थिए।
जनकपुर पुगेपछि उनी जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए। त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारी, नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रिया गरेका थिए।
दिनभरका राजनीतिक भेटघाट तथा छलफलपछि लामिछाने पत्नी निकितासँगै छठ पर्वअन्तर्गत खरना व्रत मनाउन पुगेका हुन्।जनकपुरधामको शिवचोकस्थित नरेश शाहको निवासमा लामिछाने दम्पतीले खरना पूजा गरेका छन्।
लामिछाने दम्पतीले तीन दिन जनकपुरधाममा बिताउने कार्यक्रम छ। आइतबार जनकपुरधाम तथा आसपासका धार्मिक स्थलको दर्शन गर्ने र दिउँसो गंगासागरमा छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि उनीहरू काठमाडौं फर्किने कार्यक्रम छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0