त्रिभुवन विमानस्थलबाट ३.५ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
२९ कातिक,काठमाडौं । लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतको उत्तर प्रदेश ठेगाना भएका २२ वर्षीय सलमानलाई ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ गरिएको हो ।
भारतको दिल्लीबाट नेपाल आएका सलमानलाई शंकास्पद यात्रुहरूको निगरानी गर्ने क्रममा विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले कातिक २८ गते जाँच गरेको थियो । जाँचका क्रममा उनले बोकेको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको अवस्थामा थाई गाँजा फेला परेको ब्यूरोले जनाएको छ ।
प्रहरीले उनको साथबाट ३.५ किलोग्राम थाई गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सलमानमाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0